फिल्म ‘गुप्त’ प्याकअप

‘सस्पेन्स हरर थ्रिलर’  फिल्म ‘गुप्त’ को छायांकन सकिएको छ । छायांकन सकेर फिल्मको पोष्ट प्रोडक्सनको काम चलिरहेको निर्माण टिमले जानकारी गरेको छ । फिल्मको सम्पुर्ण छायाँकन पुर्वी नेपालको मोरङमा गरिएको हो ।

फिल्ममा बलिउड कलाकार नाफे खानसँगै सुष्मा कार्की, भरतराज सिंह कार्की, सन्दीप सिग्देल, अन्शु थापा, निभा अधिकारी र विश्वराज ढकाल लगायतरको अभिनय रहेको छ । मनसुन फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा दिपेन्द्र अग्रवाल तथा मिता मुरारका अग्रवालको निर्माण तथा राज रोयको कथा रहेको छ । फिल्मका सह निर्माता अमित धरेवाल हुन् भने कार्यकारी निर्माता नरेन्द्रकुमार अग्रवाल रहेका छन् ।

आगामी मंसिरको अन्तिम सातालाई फिल्मको संभावित प्रदर्शन समय तोकिएको छ । फिल्ममा सजन शाहको संगीत, शक्ति प्रज्वल घिमिरेको सम्पादन र रणधीर श्रेष्ठको छायांकन रहेको छ