‘बोबी हेरौ, नर्वे घुमौ’ विजेता घोषणा

फिल्म बोबी निर्माण पक्षले ‘बोबी हेरौ, नर्वे घुमौ’ भन्ने स्किम अन्तर्गत विजेताको नाम घोषणा गरेको छ । असारको अन्तिम साता प्रदर्शनमा आएको यस फिल्मले नेपालमा राम्रो व्यापार गरेको थियो । फिल्म प्रोमोसनको समयमा नै फिल्म हेर्ने मध्ये एक जना दर्शकलाई नर्वे घुमाउने योजना यसको निर्माणपक्षको थियो ।

बिहिवार काठमाण्डौमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लक्की ड्र मार्फत विजेताको नाम छनोट गरिएको हो । बिकास बोर्डका पुर्व अध्यक्ष राज कुमार राईको हातबाट गरिएको लक्की ड्रबाट झापाका राजेश लिम्बु (राज) बिजेता बनेका छन् । उनी अब नर्वे घुम्न पाउने भएका छन् । उनले एकजना कोही आफ्ना मान्छेलाई पनि नर्वे लैजान पाउनेछन् । लक्की ड्र मार्फत राजेश लिम्बु बिजेता बनेको थाहा पाउने बित्तेकै उनलाई टेलिफोन गर्दै जानकारी गराइएको थियो । रमाइलो कुरा के छ भने फिल्म बोबीको कथा जस्तै राजेशले पनि भागी विवाह गरेका थिए । खास भर ताप्लेजुङ भए पनि उनि हाल झापा बस्दै आएका छन् ।

रियल लाइफको प्रेम कथामा आधारित फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका थिए भने फिल्ममा रियल जोडी उमेश थापा र कविता गुरुङको मुख्य भूमिका रहेको छ । फिल्मकी मुख्य कलाकार कविता गुरुङले आफूहरुले विजेतालाई नर्वेमा आफ्नै घरमा राख्ने र घुमाउने बताइन् ।