मुस्ताङमा सारा र बिजय (फोटो सहित)

गायक कर्णदास र गायिका प्रश्ना शाक्यको स्वरमा रहेको ‘तिमी टाढा कता कता’ गीतको सुटिङ मुस्ताङ र जोमसोममा गरिएको छ । किशोर दत्त बरालको शब्द रहेको गीतमा कर्ण दासकै संगीत रहेको छ ।

गीतमा सारा सिर्पाली र बिजय कार्कीको फिचर्ड छन् भने भिडियो निर्देशन बसन्त निरौलाले गरेका हुन् । पवित्रा आचार्यले गीतको कोरियोग्राफी गरेकी छन् । दिव्य सुवेदीको छायांकन रहेको गीतको भिडियोमा अरबिन्द पौडेलको लगानी रहेको छ ।