कालो कोठी गालैमा, रक्सीको तालैमा (भिडियो)

गायक साहिल खड्काको ‘रक्सीको तालैमा’ गीत सार्वजनिक भएको छ । गीतमा उनको आफ्नै शब्द तथा संगीत रहेको छ । गीतमा उदयराज पौडेलको म्यूजिक एरेन्ज छ ।

ज्ञानेन्द्र शर्माले खिचेको गीतको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा स्ट्रकपप डान्स क्रुको नृत्य रहेको छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि सोही डान्स समुहले गरेको हो ।