स्वस्तिमाले छाडेको फिल्ममा आंचल

फिल्म ‘दाल भात तरकारी’ मा स्वस्तिमाले छोडे संगै आंचल शर्माको इन्ट्री भएको छ । समय अभावको कारण देखाउदै स्वस्तिमाले फिल्मबाट हात झिकेपछि हुलमुलमा फिल्म नखेल्ने घोषणा गरेकी शत्रुगते अभिनेत्री शर्मा फिल्ममा इन भएकी हुन् ।

फिल्ममा हरिबंश आचार्य, निरुता सिंह, बर्षा राउत, विल्सन विक्रम राई, पुष्प खड्का लगायतको अभिनय रहने छ । मह सञ्चारको प्रस्तुतीमा किरण केसीले निर्माण गर्न लागेका हुन् । फिल्म ७६ सालको बैशाख १३ मा प्रदर्शनमा आउने छ । फिल्म निर्माता केसीका छोरा सुदन केसीले निर्देशन गर्दैछन्  । फिल्म मंसिर १ बाट फ्लोरमा जादैछ ।