सृष्टिलाई सम्झेर आँशु झार्दै नाजिर हुसेन

दिनेश गौतमको ‘फर्केर आएन मायालु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा पुस्तक प्रसादको शब्द तथा संगीत रहेको छ ।

म्युजिक भिडियोमा कलाकार नाजिर हुसेन र सृष्टि खड्काको अभियन रहेको छ। निशान कश्यपको निर्देशनमा तयार भएको म्युजिक भिडियोको सम्पादन विकास दाहालले गरेका हुन्।