भुवन चन्द र चैत्यदेवीको फिल्मको औपचारिक घोषणा

ऐतिहासिक फिल्म ‘आमा’का दुई अभिनेत्री भुवन चन्द र चैत्यदेवीले मिलेर निर्माण गर्न लागेको फिल्म ‘साइनो’ को औपचारिक घोषणा भएको छ । फिल्ममा नायिका नीता ढुंगाना र मिरुना मगर मुख्य भूमिकामा रहने छन् । फिल्मको मेल लिडमा डेब्यु नायक राजकुमारको अभिनय रहनेछ । फिल्मका अन्य कलाकारहरु मदन दास श्रेष्ठ, रोय दीप, धर्मेन्द्र आचार्य, सबिना जमर कट्टेल लगायत रहने छन् ।

फिल्मलाई रमेश थापाले निर्देशन गर्दैछन् । फिल्ममा अभिमन्यु निरवीको लेखन र रामशरण कोइरालाको मुख्य सहायक निर्देशन रहनेछ । रामेश्वर कार्कीले छायांकन गर्ने फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी रहने छ  फिल्ममा बसन्त सापकोटाको संगीत रहने छ ।