साराका लागि भिड्दै सलोन र बिनोद

रोमान्टिक कमेडी फिल्म ‘सुश्री सम्पति’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तिन पात्र सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन् । सार्वजनिक तीन पोस्टर मध्य दुई पोस्टरमा सलोन र बिनोद पेन्टरको रुपमा प्रस्तुत छन् भने एक पोस्टरमा साराका लागि सलोन र बिनोद बिचको टकराव देखाइएको छ ।

रङ्ग पत्रकार सुव्रत राज आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन, सारा र बिनोदसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा देखिने छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’को कथा निर्देशक आचार्य आफैले लेखेका हुन् ।

फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् । फिल्म मङ्सिर २८ देखि प्रदर्शन हुँदैछ ।