तेजेन्द्र गन्धर्वको ‘साँईलीरीमई’ (भिडियो)

चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ बाट बाहिरिए लगत्तै तेजिन्द्र गन्धर्वले आफ्नै जीवनकथा बोकेको गीत ‘साँईलीरीमई’  सावजनिक गरेका छन्  । गीतमा शब्द  डि. पी खनालको रहेको छ भने संगीत शंकर थापा ‘स्माइल’को छ । गीतमा उदयराज पौडेलको एसंगीत संयोजन रहेको छ  ।

द भ्वाईस अफ नेपालमा निर्मला हत्याकाण्ड बारे गीत गाएर चर्चित भएका तेजिन्द्रको ‘साँईलीरीमई’ को भिडियोमा उनी आफैले अभिनय  गरेका छन् । अनिल के मानन्धरको छायांकन रहेको भिडियोमा बिकास ज्ञवालीको सम्पादन रहेको छ । म्युजिक भिडियो बिकाश सुवेदीले निर्देशन गरेका हुन्।