तिमीले साथ छोड्यौ (भिडियो)

जोसेफ शाही ठकुरीको शव्द तथा संगीत रहेको गीत ‘तिमीले साथ छोड्यौ’ सार्वजनिक भएको छ । गीतमा  जोसेफलाई पाश्र्व गायनमा गायिका मिलन अमात्यले साथ दिएकी छिन् । गीतमा बि.बि अनुरागीको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा गौरव गिरीको निर्देशन रहेको छ भने जितेन्द्र क्षेत्री र सोना बज्राचार्यको अभिनय हेर्न सकिन्छ । उत्तम हुमागाँईले छायाँकन गरेको भिडियोको सम्पादन भने बिकास धमलाले गरेका हुन् ।