अस्ट्रेलियामा ढाका टोपीमा कोहलीको गेम हेर्दै दीपक-दीपा !

छक्का पन्जा ३ प्रदर्शनीको लागि दीपक राज गिरी र दीपाश्री निरौला अस्ट्रेलियामा छन् । फिल्म प्रदर्शन संगसंगै उनीहरुको घुमघामका तस्विर सामाजिक संजालमा प्रसस्तै देख्न सकिन्छ । सिड्नीमा भैरहेको भारत र अस्ट्रेलिया बीचको क्रिकेट हेर्न यी दुई क्रिकेट स्टेडियम पुगेका छन् । यी दुई क्याप्टेन विराट कोहलीको भारतीय टिमलाई समर्थन गर्दै खेल हेर्दै छन् ।टस जितेर अस्ट्रेलिया ब्याटिंग गर्दै खेललाई अगाडी बढाउदै छ ।
दीपक र दीपा कार्यक्रम हेर्न कै लागि भनेर नेपाली झण्डा बोकेर ढाका टोपीमा सजिएर खेल हेर्न गएका छन् । दीपक राज गिरीले सामाजिक संजालमा तस्विर सेयर गर्दै नेपाली पहिचान झल्काउने ढाका टोपीले आफुहरुलाई भिडमा समेत छुट्टै बनाएको लेखेका छन् । उनी लेख्छन्,‘ रातो र चन्द्र सूर्य जंगि निशान हाम्रो….भारत र अष्ट्रेलिया बिच भैरहेको किर्केट खेल हेर्दै सिडनीमा । हाम्रो टोपीले हामिलाइ यो भिडमा पनि छुट्टै देखाइएको छ…!!!’ असोज २४ गते फूलपातीको दिनबाट प्रदर्शनमा आएको फिल्म छक्का पन्जा ३ नेपाली हलहरुमा साथै बिदेशमा प्रदर्शन भइरहेको छ ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया