मङ्सिर २१ बाट ‘किम्फ फेस्टिभल’

मसिंर २१ गतेबाट काठमाडौँ इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभल ‘किम्फ’को सोहौँ संस्करण सुरु हुने भएको छ । राष्ट्रिय सभा गृह तथा नेपाल पर्यटन बोर्डमा आयोजना हुने किम्फ पांच दिन सम्म चल्ने छ ।
फिल्म फेस्टिभलमा नेपाल लगायत ३१ देशका ७० भन्दा बढी फिल्म देखाइनेछ । अन्य बर्ष झैँ यस बर्ष पनि किम्फमा वृत्तचित्र, कथानक फिल्म, लघु फिल्म, प्रयोगवादी र एनिमेसन फिल्महरू देखाइने छन् ।
काठमाडौं महानगरपालिका सह आयोजक रहेको किम्फ २०१८ को ट्यागलाइन ‘वुमन मुभ माउन्टेन्स’ भन्ने रहेको छ । जसको उद्देश्य समाजमा महिलाको भूमिका र सहभागिता फिल्मको माध्यमद्वारा अगाडि ल्याउनु हो ।
महोत्सवमा देखाइने फिल्म तथा कार्यक्रमहरुले दर्शकलाई मनोरञ्जन दिनुका साथै आम नेपाली जनतालाई प्रभाव पारिरहेको विषयवस्तुहरु माथि पनि चर्चा परिचर्चा हुने किम्फका अध्यक्ष बसन्त थापाले बताउछन् ।
किम्फको उद्घाटन अष्टेलियाली निर्देशक जेनिफर पिडमको डकुमेन्ट्री ‘माउन्टेन’ को विशेष प्रर्दशनीबाट सुरु हुनेछ । यस वर्षको निर्णायक मण्डलमा केन्डल माउन्टेन फिल्म फेस्टिभलका कला निर्देशक क्लेर जेन कार्टर, अस्ट्रेलियन फिल्ममेकर जोलियन हफ तथा नेपालका छिरिङ रितार शेर्पा रहेका छन् ।
जुरीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा परेका १४ फिल्महरु मध्येबाट उत्कष्ट ३ फिल्म र नेपाल पानोरमा अन्तर्गत परेका २० वटा फिल्महरुबाट उत्कृष्ट बृत्तचित्र र कथानक चलचित्रको छनौट गर्नेछ ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया