रणवीरको गीत ‘तिरिमिरी तिरिमिरी तिनतारा’

राजधानीको नक्साल स्थित बालमन्दिरमा ४ दिन लगाएर फिल्म ‘रणवीर’ को गीतको छायाँकन गरिएको छ । उक्त गीतमा राजनराज शिवाकोटीको संगीत, शब्द र स्वर रहेको छ । गीतमा राजनलाई अन्जु पन्तले साथ दिएकी छिन् ।

‘तिरिमिरी तिरिमिरी तिनतारा’ बोलको गीतमा फिल्मका मुख्य कलाकार सुशील सिटौला, शुभेच्छा खड्का र सुपुस्पा भट्ट फिचर्ड छन् । यसै फिल्म मार्फत अभिनयमा डेब्यु गरिरहेका शुभेच्छा र सुपुस्पाले नेपाली टिपिकल ड्रेसमा आफुलाई प्रस्तुत गरेका छन् । गीतलाई रामजी लामिछानेले कोरियोग्राफ गरेका छन् ।

फिल्मलाई दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । गोविन्द सिंह भण्डारीले निर्देशन गरेको फिल्म एक्सन प्रधान कथाबस्तुमा आधारित रहेको छ । फिल्ममा शुशिल सिटौला, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट साथै टीका पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजाल लगायतको अभिनय रहेको छ ।