भाइबर स्टिकरमा ‘न यता न उता’

फिल्म ‘न यता न उता’ को स्टिकर प्याक भाइबरले प्रयोग गरेको छ । भाइबर प्रयोगकर्ताले च्याट गर्दा अब उक्त फिल्मको स्टिकर प्रयोग गर्न पाउने भएका छन् । नेपाली फिल्मको इतिहासमै भाइबर स्टिकर पहिलो पटक प्रयोग भएको हो ।

मिराज रोश र विशारद बस्नेतको संयुक्त निर्देशनमा बनेको यस फिल्ममा समिर दिक्षित, मिराज रोस सहित ऋचा शर्मा,  बुद्धी तामाङ,  छुल्ठिम गुरुङ,  नम्रता सापकोटा,  राजाराम पौडेल,  कमल मणी नेपाल, जीवन भट्टराई, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडा सहित अन्य देशि विदेशी कलाकारहरुको अभिनय रहेको छ । फिल्म ‘न यता न उता’ लाई रिना लामाले निर्माण गरेकी हुन् । फिल्म माघ २५ बाट प्रदर्शनमा आउने छ ।