अर्जुन पोखरेलको नयाँ गीत सार्वजनिक

गीत ‘के भयो र तिमीलाई’ सार्वजनिक भएको छ । डि प्रोडक्सनले तयार पारेको गीत र म्युजिक भिडियो पूर्व संचारकर्मी देवेन्द्र क्षेत्रीले बजारमा ल्याएका हुन् । गीतमा स्वर राज सिग्देलले भरेका छन् भने संगीत अर्जुन पोखरेलको रहेको छ ।

क्षेत्रीकै शब्द रचना रहेको गीतको भिडियोमा मेलिसा खतिवडा, पुरुषोत्तम भट्टराई, सुदीप पौडेल र रुबीना तामाङको अभिनय रहेको छ । सरोज अधिकारीको छायांकन र निर्देशन रहेको भिडियोको सम्पादन भिम विश्वकर्माले गरेका हुन् ।