वरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछानेको निधन

वरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । ६३ वर्षिय लोकगायक लामिछाने विगत ७ वर्षदेखि पक्षघात, मधुमेह र उक्त रक्तचाप रोगबाट पिडित थिए । उनको शुक्रवार निधन भएको हो ।

उनले वि.स. २०३६ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेका थिए । उनका घाँस काट्ने खुर्केर, पर्नुपर्यो पीर, पिँढीमा बसेर, बाखरी बाखरी, होस गर मायालु, एउटा थाप्लो दुईटा नाम्लो लगायतका गीतहरु चर्चित छन् । हाल चाँगुनारायण न. पा. ७ मुहानपोखरी (पहिला वागेश्वरी ३ भक्तपुर) मा बस्दै आएका लामिछालेले नेपाली संगित आकाशलाई ठुलो योगदान पुर्याएका छन् ।