जीवन लुइँटेलको शब्दमा ‘हिउँ सरी’ (भिडियो)

प्रल्हाद तिमिल्सिनाको आवाजमा ‘हिउँ सरी’ गीत सार्वजनिक भएको छ  । आधुनिक शैलीको गीतलाई संगीतकार सुरेश अधिकारीले संगीतबद्ध गरेका हुन् । गीतमा शब्द रचना अभिनेता जीवन लुईटेलको रहेको छ । हरि हुमागाईंद्वारा निर्देशित म्युजिक भिडियोमा पुष्प खड्का तथा सुमी मोक्तानले अभिनय गरेका छन् । उत्तम हुमागाईंद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् ।