राहुल र अलीशाको ‘कर्के नजर’ (भिडियो)

सन्जिब पराजुली र टीका प्रसाईंको गीत ‘कर्के नजर’ सार्वजनिक भएको छ । आनन्द अधिकारीको शब्द रहेको गीतमा संगीत तथा संगीत संयोजन आशीष अविरलको रहेको छ गीत सन्जिब र टिकाको संयुक्त एल्बम ‘सँग सँगै’मा समावेश गरिएको छ ।

भिडियोमा भाइब एण्ड वेब ग्रुपसँगै राहुल शाह, अलीशा शर्मा र बाल कलाकारद्वय आर्या केसी र रन्जिता कर्माचार्य फिचर्ड छन् । भिडियोमा राहुलकै निर्देशन छ । भिडियोमा पवन सुस्लिङको सम्पादन तथा छायांकन छ ।