‘सरौतो’ निर्माण घोषणा

फिल्म ‘सरौतो’ निर्माण हुने भएको छ । निर्माण टिमले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरेको हो ।

सिनेमेट्रोग्राफीमा आफ्नै छुट्टै छवी बनाउन सफल हरी हुमागाईंले यस फिल्म मार्फत निर्देशनमा डेब्यु गरेका छन् । राइजिङ फिल्म्स र ग्लिटर्स स्टुडियोको सहकार्यमा स्क्वायर वान कृयसनको प्रस्तुती रहने फिल्मको मुख्य भूमिकामा सुमी मोक्तान, सन्नी सिंह, बिजय लामा, अमिर गौतम लगायत रहेका छन् । फिल्ममा कलाकारहरु लगायत रहने छन् । फिल्मको लिड रोलमा रहेकी नायिका सुमीले दुई बर्षसम्म फिल्मकै लागि एक्सन र नृत्यको ट्रेनिङ लिएकी थिइन् । सरौतो फिमेल ओरियन्टेड एक्सन फिल्म हो ।

फिल्म घोषणा कार्यक्रममा बोल्दै नायिका सुमी मोक्तानले आफ्नो बर्षौँ देखिको सपना पुरा हुन लागेको बताईन् । ‘करिब २ बर्ष अगाडि देखि हामि यहि फिल्मको तयारीमा थियौँ । विविध कारण र हाम्रो आफ्नै तयारीका कारण फिल्म अनाउन्स ढिला भयो’, नायिका मोक्तानले भनिन् । कार्यक्रममा बोल्दै निर्देशक हरी हुमागाईले बर्षौँ देखि सिक्दै आएको सिप र अनुभवको लगानी यस फिल्ममा गर्न लागेको भन्दै आफुले हरसम्भव गुणस्तरिय फिल्म बनाउने कोशिस गर्ने बताए ।