प्रमोद खरेलको गोप्य कुरा (भिडियो)

गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘यो कुरा गोप्य’ सार्वजनिक भएको छ । गीतमा आशिष अविरलको संगीत तथा एक नारायण भण्डारीको शब्द रहेको छ । गीतको एरेन्ज अविरलले नै गरेका हुन् ।

शान थापाको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा नाजिर हुसेन र एलिशा राई फिचर्ड छन् । राजिव समरको नृत्य निर्देशनमा रहेको भिडियोलाई अनिल के मानन्धरले खिचेका छन् । कमल प्रसाईले ड्रेन चलाएको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । दिक्षा क्रियशलले तयार गरेको अडियो भिडियोलाई दिपा सिटौला ‘खरेल’ले निर्माण गरेकी हुन् ।