मायाको तृष्णा (भिडियो)

गायिका संगीता प्रधान रानाको नयाँ गीत ‘मायाको तृष्णा’ सार्वजनिक भएको छ । राजधानीको एकस्टिक डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यो गीतको भिडियो पनि स्टुडियो मै खिचिएको हो । गीतमा प्रज्जवल शमशेर जबराको शब्द तथा सचिन सिंहको संगीत र संगीत संयोजन छ । भिडियोमा गायिका संगीता, संगीतकार सचिन, रिदम कुमार सिंह ‘महाराज’, भायोलिन रविन कार्की ढली, फ्लुट गोपाल देव फिचर्ड छन् । प्रकाश मिश्रले निर्देशन गरेको भिडियोमा खेम थापाको छायांकन, रितु रानाको मेकअप, अधिनायक एम शेरचनको सम्पादन छ ।