सचिनको ‘पिरिम नलाउने’पछि ‘रोमान्टिक छु’

‘पिरिम नलाउने’  गीतका गायक आशिष सचिनको नयाँ गीत ‘रोमान्टिक छु’ सार्वजनिक भएको छ । गीतमा गायक सचिनलाई गायिका अञ्जु पन्तले साथ दिएकी छन् । गीतमा अर्जुन पोखरेलको संगीत र शब्द नृपेश उप्रेतीको रहेको छ । महाराज थापा उक्त गीतका संगीत संयोजक हुन् । ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।

एसजे क्रिएसनका लागि सुव्रत राज आचार्यद्वारा निर्देशित उक्त गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की, बिजु पार्की तथा गायक आशिष सचिनले आकर्षक नृत्य गरेका छन् । भिडियोमा  गम्भिर विष्टको कोरियोग्राफी छ । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । सम्पादक रेग्मीले भिडियोमा कलर करेक्सन गरेका छन् । भिडियोको अवधारणा जया शर्माले तयार पारेकी हुन् । शर्मा भिडियोकी सहायक निर्देशक पनि हुन् ।