भुवन प्यासीको ‘माईली'(भिडियो)

भुवन प्यासीको गीत ‘माईली’ सार्वजनिक भएको छ । गीतमा गायक भुवन प्यासीको नै शब्द र संगीत रहेको छ । गीतमा भुवन प्यासीलाई स्वरमा सुरुचि पन्थीले साथ दिएकी छिन् । भिडियोमा मोडल अन्जली अधिकारीको अभिनय रहेको छ । गीतमा अन्जलीसगै गायक प्यासीको पनि अभिनय रहेको छ । भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । उत्तम हुमागाईको छायांकन रहेको यस गीतमा सन्तोष सुनारको ड्रोन चलाएका हुन् । भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् ।