धर्मेन्द्र सेवानको ‘कता हिंडेकी’

धर्मेन्द्र सेवानको स्वर, शब्द तथा संगीत रहेको गीत ‘कता हिडेकी’ सार्वजनिक भएको छ । उमन वाइवाले तयार पारेको भिडियोमा नायिका नम्रता सापकोटाले नृत्य गरेकी छन् । भिडियोमा धर्मेन्द्र र टिम चिटिक्क सनत फिचर्ड छन् । सोना हाङ राईले खिचेको भिडियोलाई रवी लामाले सम्पादन गरेका छन् । रिकेश गुरुङले एरेन्ज गरेको यस गीतलाई फिरोज बज्रचार्यले मिक्सिङ गरेका छन् ।