निरजको ‘सानु माया’

निरज सिलवालको गीत ‘सानु माया’ सार्वजनिक भएको छ । दशरथ थापाले लेखेको गीतमा सिलवालको स्वर तथा संगीत रहेको छ । भिडियोमा रंजित पौडेलले अभिनय गरेका छन् । उनीसँगै म्यूजिक भिडियोमा ‘बुगी बुगी’ सिजन एक कि बिजेता कबितालाई पनि देख्न सकिन्छ । भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् ।