मन्त्री अधिकारीको सम्झनामा ‘सारङ्गी रेटेर’

मन्त्री स्वर्गिय रविन्द्र अधिकारीको सम्झनामा समर्पित पीएन साईलाको स्वरमा “सारङ्गी रेटेर ” बोलको शोक गीत सार्वजनिक भएको छ । श्यामसुन्दर पुडासैनीको शब्द रहेको उक्त गीतमा बलामी फिल्म इन्टरटेन्मेन्टको दृश्य सामाग्री रहेको छ । गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको बारेमा तथा उनको राजनीति जीवनका योगदानको चर्चा गर्दै गाएको उक्त शोकगीतमा अधिकारीले विद्यार्थी राजनीतिदेखी मन्त्री बन्दासम्मको अवधीमा गरेका योगदानको चर्चा गरिएको छ । सारगीँ रेटेर गाएको उक्त गीतमा गायक पीएन साईलाले नै सारगीँ बजाएका छन् ।