‘सत्यम् शिवम् सुन्दरम्’ टिजर

शंकर अधिकारी ‘घायल’ को निर्देशनमा बनेको फिल्म ‘सत्यम् शिवम् सुन्दरम्’ को टिजर सार्वजनिक भएको छ । फिल्ममा कला राईको लगानी रहने छ । फिल्ममा छायाँकन विक्रम कार्की, नृत्य राजन महर्जन, संगीत बाबुल गिरी, सन्तोष प्रगाढ,रा जेश श्रेष्ठ, गायन नित्या शिवा, प्रविशा अधिकारी, सम्पादन प्रेम शर्मा पौडेलको रहेकोछ । देखेको कुरा सधै सत्य नहुन पनि सक्छ, त्यस्तै सपनामा देखेको कुरा बिपनामा पनि देख्न सकिन्छ भन्ने कुराको वरिपरी कथा घुमाएर फिल्म बनाएको यस फिल्मका लेखक समेत रहेका निर्देशक घायलले बताएका छन् ।