बिष्णु माझीको ‘स्वर्ग’

विदेशिन वाध्य नेपाली महिलाको कथा समेटिएको गीत ‘स्वर्ग’ सार्वजनिक गरिएको छ । विष्णु माझी र समीक्षा खनालको स्वर रहेको गीतमा शब्द तथा लय शंकलन सरद खनालको छ । भिडियोमा आशा खड्का, बाबुराम न्यौपाने, आर्यन खड्का, समीक्षा र शसिन अधिकारी फिचर्ड छन् । वीरेन्द्र भट्टले खिचेको भिडियो सम्पादन अनिल रानाले गरेका छन् । भिडियो निर्देशन प्रकाश क्षेत्रीले गरेका छन् ।