‘सिरानचोके चेली’ (भिडियो )     

नृत्य निर्देशक दिप गुरुङको प्रस्तुतीमा ‘सिरानचोके चेली’ गीत सार्वजनिक भएको छ । गीतमा गणेश गुरुङ र दुर्गा परियारको स्वर रहेको छ । गीतको शब्द पनि गायक गणेश गुरुङ र निर्देशक दिप गुरुङको रहेको छ । जसलाई पवन वाङले संगीत संयोजन गरेका छन् । भिडियो दिप गुरुङको निर्देशन र आशुतोष ऐडीको सह–निर्देशनमा निर्माण भएको छ । जसमा मनोज थापा मगर, लक्ष्मी गुरुङ, पार्वती गुरुङ, वविता गुरुङ, सुमित्रा गुरुङ, उवा मगर र पश्चिमान्चल सांस्कृतिक ग्रुपको र नृत्य तथा अभिनय रहेको छ । भिडियोलाई शम्भू चालीसेले छायांकन गरेका हुन् भने सुजन शाहीले यसको सम्पादन गरेका हुन् ।