प्रराज पौडेलको ‘तिमीले भन्दा’

गीतकार अम्बिका गुरुङको शब्द तथा गायक प्रराज पौडेलको स्वर रहेको ‘तिमीले भन्दा’ गीत सार्वजनिक भएको छ । गीतलाइ संगीतकार निल गुरुङले संगीत गरेका छन् भने सुमन केसीले एरेन्ज गरेका छन् । उत्सब दाहालले छायांकन गरेको म्युजिक भिडियोलाइ अर्जुन अधिकारिले निर्देशन गरेका हुन् । मोडल मिरुना मगर र मिस्टर वर्ल्ड नेपाल २०१ ८का विकल्प राज श्रेष्ठले भिडियोमा अभिनय गरेका छन् ।