भिडियोमा आयुष्मान-प्रियंकाको विवाह

गीत ‘अर्को जुनी खै कुन्नी’ सार्वजनिक भएको छ । गीतमा सरोज ओली र मेलिना राईको आवाज रहेको छ । भिडियोमा आयुष्मान र प्रियंकालाई दुलहा-दुलहीको रुपमा देख्न सकिन्छ । दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । कविराज गहतराजको निर्देशन रहेको भिडियो छायांकन सञ्जय लामा, सम्पादन सन्देश शाह, मिक्सिङ श्याम स्वेत रसाइली र कलर संयोजन रेनिस फागोले गरेका हुन् ।