कुलेन्द्रको गीतमा सुरक्षा पन्त

कुलेन्द्र बिक र सरिता कार्कीको आवाजमा ‘लाउछ माया’ गीत सार्वजनिक भएको छ । गीतमा शिब हमालको शब्द र संगीत रहेको छ भने संगीत संयोजन आशिष महर्जनले गरेका छन् । प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सुरक्षा पन्त र महेन्द्र गौतम फिचर्ड छन् । भिडियो छायांकन राजेश घिमिरेले गरेका हुन्।