रामजी खाणको ‘लौरी झैँ’ (भिडियो)

रामजी खाण र काजल गुरुङको ‘लौरी झैँ’ लोकदोहोरी सार्वजनिक भएको छ । शिव हमालको शब्द रहेको उक्त गीतमा गायक खाणको नै संगीत रहेको छ भने आशिष अविरलको संगीत संयोजन रहेको छ । रामजी खाण र रेनु लामाको अभिनय रहेको उक्त गीतको भिडियो करण चैसिरले छायाँकन गरेका हुन् । मौसम हिमालीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।