भीमफेदी गाइजको ‘पीपीरी पीपीरी’ सार्वजनिक

भीमफेदी गाइज र एलिसा राई फिचर ‘पीपीरी पीपीरी’ सार्बजनिक भएको छ । लक्ष्मण बस्नेतको शब्द र मोहन मगरको संगीत रहेको गीतमा राजेश पायल राई र अनुपम राईको स्वर रहेको छ । रोशन बान्तवाको संगीत संयोजन रहेको अडियोलाइ एम आर क्रियसनले ल्याएको हो । भीमफेदी गाइजको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेद्र शर्माको क्यामेरा र पवन सुसलिंगको सम्पादन रहेको छ ।