बिष्णु माझीको ‘पिरतीले रुवाउछ’ (भिडियो)

गायिका विष्णु माझी र गायक नेत्र कडेँलको आवाजमा लोक गीत ‘पिरतीले रुवाउँछ’ सार्वजनिक भएको छ । गीतमा शब्द सिर्जना सुनिल केसी गणेश अधिकारीको लय सिर्जना रहेको छ । अजय रेग्मीको छायाँकन, विनोद बमको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।  भिडियोमा रंजिता गुरुङ र संगीत शर्माको निकै मन छुने अभिनय रहेको छ ।