जापानमा बियटको प्रस्तुति

नेपालमा रहेका एचआईभी पिडित बालबालिकाहरूको सहयोगार्थ जापानमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । ‘जापान नेपाल म्युजिक ईभेन्ट अर्गनाईजेशन र यूनिटी गाइजले मे १मा जापानको नागोयामा ‘गोल्डेन वीक म्युजिकल नाइट’ गर्न लागेको हो ।

बियट ब्याण्ड, जापानिज डिजे र स्थानीय कलाकारको साथमा कार्यक्रम हुने संयोजक राजिब लामाले बताए । ‘नागोयामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागी भइ नेपाली एचआइभी पीडित बालबालिकालाई सहयोग गर्ने कार्यमा साथ दिनका लागि अनुरोध गर्छु, संयोजक लामाले भने ।