सनुप पौडेलको ‘थाकिसके’ सार्वजनिक

गायक सनुप पौडेलको नयाँ गीत ‘थाकिसके’ सार्बजनिक भएको छ । एभरेष्ट केसीको शब्द तथा संगीतकार शिखर सन्तोषको संगीत रहेको यस गीतलाई फणिन्द्र राइले संगीत संयोजन गरेका हुन् । गायक सनुप पौडेल तथा मोडल निशा तामाङको अभिनय भिडियोलाइ राम कुमार केसी र नबिन कुमार श्रेष्ठले छायांकन गरेका हुन् भने सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका छन् ।