वर्षा राउतको ‘२कौडीको बुद्धी’ (भिडियो)

रबी ओड र मेलीना राईको आवाजमा रहेको ‘२ कौडीको बुद्धी’ गीत सार्वजनिक भएको छ । साहित्यकार ईट्टाघरेको शब्दमा भिम बिसी र ललित पौडेलको संगीत रहेको उक्त गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् । अभिनेत्री बर्षा राउत र संचारकर्मी तथा मोडल रञ्जित पौडेलको अभिनय रहेको भिडियोमा बुद्ध थापाको छायांकन रहेको छ । सुबोल थापा र राजेन्द्र कटुवालको कोरियोग्राफी रहेको भिडियोमा विकास धमलाको सम्पादन छ भने निर्देशन निकेश खड्काले गरेका हुन् ।