दया अभिनित ‘परानै दिन्छु’ सार्वजनिक

गायिका मेलिना राई र गायक हरि लम्सालको आवाज रहेको ‘परानै दिन्छु’ गीत सार्वजनिक भएको छ । हरि लम्सालको संगीत रहेको यो गीतमा प्रल्हाद शाहको शब्द छ । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा विकाश धमलाको सम्पादन, बुद्ध थापाको छायांकन छ । भिडियोमा दयाहाङ राइ र लक्ष्मी बर्देवालाई देख्न सकिन्छ ।