‘होस्टेल ब्याक अगेन’ निर्माण गर्दै सुनिल रावल

फिल्म ‘होस्टेल’ र होस्टेल रिर्टन्सको सिरिज ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने भएको छ । हरेक देशबाट अमेरिका अध्ययनका लागी गएका र होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई मुख्य कथाका रुपमा बनाइने फिल्मलाई सुनिल रावलले निर्देशने गर्ने तयारी गरिरहेका छन् ।

निर्माता रावलले ‘होस्टेल ब्याक अगेन’ बाट निर्देशनमा डेब्यु गर्ने भएसँगै फिल्म बन्ने पक्का भएको हो । ‘‘होस्टेल ब्याक अगेन’ दुर्गीस फिल्मस् र काफिया फिल्मस्को संयुक्त ब्यानसमा निर्माण हुन लागेको हो । जसको कथा रावलको हो भने पटकथा, संवाद रायन राइजको रहनेछ ।

हाल स्क्रिप्टको काम भइरहेको फिल्मका विषयमा छिट्टै नै पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइने र नायक र नायिकाका विषयमा पनि सोही सम्मेलनमा जानकारी दिइने निर्देशक रावलले जानकारी दिए । निर्देशक रावलका अनुसार फिल्मका कलाकारहरु भने उनका अन्य फिल्म झैँ अडिसनका मार्फत अमेरिकामा नै तय गरिनेछ ।