मेलिना र प्रेमको ‘राम राम’ सार्वजनिक

प्रेम राइ र मेलिना राईको “राम राम तिम्रो कसम” गीत सार्वजनिक भएको छ । गीतमा दिपक ओलीको शब्द तथा संगीत रहेको छ । गीतमा समीर सुबेदी, सृष्टि रिजाल, प्रेम राइ, श्रेसा याम्फु राई,सुजन ढकाल,बिक्रम धिमाल, साथै अन्य कलाकारहरुको अभिनय रहेको छ । भिडियो छायांकन, सम्पादन सिर कुमार साम्पाङ राईले गरेका छन् भने कोरियोग्राफी सरोज धिमाल (काले दाइ) को रहेको छ । भिडियो निर्देशन हरेन्द्र खत्रीले गरेका छन् ।