मैथिली गीत ‘तारा जीका जे चम्के’

मैथिली गायक जागेश ठाकुरको स्वरमा रहेको “तारा जका जे चम्के” बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । गएको केहि हप्ताअघि पुर्वको धरानमा अवस्थित रमणिय पर्यटन स्थल, चतरा र ईटहरिमा उक्त भिडियो छायांकन भएको थियो । रोमान्टिक र हिन्दी फ्लेबरमा रहेको सो गीतको म्युजिक भिडियोमा सन्चारकर्मी तथा मोडल बीरेन्द्रकुमार साह र मेलि बस्नेत फ़िचर्ड रहेका छन् । म्युजिक भिडियोमा एक अर्का सगको प्रेम सम्बन्ध र रोमान्सलाई देखाईएको छ । ईटहरिका रंग मिडियाकर्मी तथा निर्देशक सुवास संकल्पले भिडियो निर्देशन गरेका हुन । गीतमा गायक ठाकुरकै सब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा प्रस्तुत कलाकारलाई रिता श्रेष्ठले मेकअप (शृंगार) गरेकी छन् । भिडियोलाई निर्देशक संकल्पले नै छायांकन गरेका हुन् भने सम्पादन पवन सुस्लिङ्गले गरेका छन् ।