मण्डलामा ‘झिम्के मामा’

अनामनगर स्थित मण्डला नाटकघरमा नाटक ‘झिम्के मामा’ को मञ्चन शुरु भएको छ । दुर्गाप्रसाद पाण्डेको कथामा आधारित नाटकमा लेखन तथा निर्देशन प्रदिप कुमार चौधरीको रहेको छ । यो सामाजिक यथार्थवादी नाटकले सामाजिक तथा सांस्कृतिक रुपमा जकडिएर रहेको जातिय बिभाजन र वर्णव्यवस्थाले कसरी आम मानिसको सोचमा प्रभाव पारिरहेको छ र कुनै पनि व्यक्तिको चरित्र तथा उपयोगिता उसको जन्म र वर्णले कसरी निर्धारण गर्छ भन्ने कुरामा आधिरित भएर व्यङ्ग गर्छ ।

नाटकमा अंकित खड्काले, अनुप न्यौपाने, संयोग गुरागाईं, सागर खाती कामी, रिता श्रेष्ठ, युनिस श्रेष्ठ, काव्य बराल, सुशील पाण्डे, विकास पन्त, मोहन थापा, उषाकिरण काफ्ले, क्रिजन महत, रक्षा थापा र अर्विन्द अमात्यको अभिनय रहेको छ । नाटक माघ २६ गतेसम्म (सोमबार बाहेक) साँझ ५ बजेदेखि (शनिबार दिउँसो १ बजेपनि) मन्चन हुनेछ ।