दुर्गेश र आंचल फिचर्ड ‘हिजो सम्म’ (भिडियो)

राजेश पायल राईको आवाजमा गीत ‘हिजो सम्म’ सार्वजनिक भएको छ । गीतमा मंजुला राजकर्णिकारको शब्द, बसन्त सापकोटाको संगीत तथा महाराज थापाको संगीत संयोजन रहेको छ । गम्भीर विस्ट निर्देशित भिडियोमा सुबोल थापाको कोरियोग्राफी, ज्ञानेन्द्र शर्माको छायांकन तथा नविन निरौलाको सम्पादन रहेको छ। भिडियोमा आंचल शर्मा र दुर्गेश थापा फिचर्ड छन्।