लोक प्याट्रन गीतमा प्रमोद खरेल (भिडियो)

गायक प्रमोद खरेल र गायिका लक्ष्मी मल्लको आवाजमा लोक दोहोरी गीत ‘विद्यानास’ सार्वजनिक भएको छ । गीतमा श्रीकृष्ण बम मल्लको संगीत र कृष्ण केसीको शब्द रहेको छ । भिडियोमा नायक पल शाह र नायिका बेनिशा हमालको डान्स देख्न सकिन्छ । भिडियोलाई कोरियोग्राफी तथा निर्देशन शिव बिकले गरेका छन । उत्सव दाहालले खिचेको भिडियोमा इन्टेन्स इल्डको सम्पादन रहेको छ । भिडियोमा सुप्रीम पराजुलीको कलर ग्रेडिङ रहेको छ ।