कान्छी (भिडियो)

लक्ष्मी श्रीमालिको लोक दोहोरी गीत “कान्छी” सार्बजनिक भएको छ । गीतमा आफुबाट निकै समय टाढा रहेकी आफ्नी प्रेमिकासंग भेट भएपछी मनभरि गुम्सिएको भाव खोलिदेउ भन्ने किसिमको भाव समाबेश गरिएको छ । गीतमा लक्ष्मी श्रीमाली र राजकुमार काफ्लेको स्वर सुन्न सकिन्छ । राजु विरहीको लय र प्रकाश पुरीको शब्द सिर्जनाद्वारा सजिएको गीतको भिडियोमा राजु बिरही र रिना थापा मगरको आकर्षक अभिनय सहित नृत्य देख्न सकिन्छ । म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम, कोरियोग्राफी अमोन राना र सम्पादन रोशन धितालले गरेका छन् ।