दीपा लामाको ‘तिमी म संग’ सार्वजनिक

गायिका दिपा लामाको आवाजमा रहेको ‘तिमी म सगँ’ भिडियो सार्वजनिक भएको छ । प्रेमील जोडीको मनोभावनालाई गीतमा समेटिएको छ । बसन्त नाछिरिङको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ  । वि पि याम्फुको छायाँकन तथा सम्पादन र हाङ लिम्बुको निर्देशन भिडियोमा रहेको छ  । भिडियोमा दिनेश नाछिरिङ , रजनी राई र मोहन नाछिरिङ राईको अभिनय रहेको छ  ।