न्यौपानेको ‘आज भोली’ (भिडियो)

गायक गणेश न्यौपानेको नयाँ गीत ‘आज भोलि’ को भिडियो सार्वजनिक भएको छ । गीतमा सुरेशकुमार क्षेत्रीको शब्द र संगीत छ । भिडियोमा साहुको ऋण तिर्न सहर गएको एक युवाको वेदना प्रस्तुत गरिएको छ । समन अधिकारी निर्देशित भिडियोमा नीर शाह, शोभित बस्नेत, सपना श्रेष्ठ, निराजन प्रधान, सुप्रिया कटवाल, नग्मा श्रेष्ठ, काव्या कार्की र खम्बेको अभिनय छ । रेस्क्यू क्रिएसनको व्यानरमा निर्माण भएको भिडियोमा अमृता समाल न्यौपानेको लगानी छ । गीतमा फणिन्द्र राईको एरेन्ज र मिन विष्टको मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा दिया रिजालको मेकअप, नवराज पौडेलको प्रोडक्सन, अनिल कटवालको ड्रोन, फराज अर्पणको क्यामरा तथा सम्पादन छ ।