पशुपति शर्माको लुट्न सके लुट २ ‘जता नि चोर’ सार्वजनिक

गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ सार्वजनिक भएको केहि समयमा नै राजनीतिक दवावका कारण हटाउनु परेको थियो । अहिले उनले उक्त गीतको भाग २सार्वजनिक गरेका छन् । जता नि चोर बोलको गीतमा कुव्यवस्थाको खुलेर बिरोध गरिएको छ । गीतमा स्वर शब्द संगीत शर्माको रहेको छ । केशव बडूले संगीत संयोजन गरेका छन् । दुर्गा पौडेलको छायांकन तथा निर्देशन रहेको गीतमा गायक शर्मा, घनश्याम रिजाल, युवराज भण्डारी, शंकर पन्तलगायतको अभिनय रहेको छ।