‘चपली हाइट ३’ को अस्ट्रेलियन प्रदर्शन अधिकार बिक्रि

निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ को अस्ट्रेलियन प्रदर्शन अधिकार बेचिएको छ । बाबा कन्सल्टेन्सीले २५ हजार अस्ट्रेलियन डलर (नेपाली १९ लाख ८ हजार ७२८) मा प्रदर्शन अधिकार बेचिएको हो ।

बाबा कन्सल्टेन्सीका निर्देशक रबिन्द्र कुमार शर्मा र फिल्मका निर्माता अर्जुन कुमार बीच उक्त सहमति भएको हो ।

चैत २८ गते रिलिज हुने फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सपुष्पा भट्ट, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, महेश त्रिपाठी, दिपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।